काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ‘के नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो ?’ भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । उनले यस्तो अवस्थामा नेपाली जनताको सहनशीलताको परिक्षा नलिन समेत सरकारलाई चेतावनी दिइन् । नेपाल दिन प्रतिदिन तस्करहरुको जालोमा फसिरहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘भ्रष्टाचारमा नेपालले नयाँनयाँ कीर्तिमान कायम गरिराखेको छ र हामी ठगीको उपाधिबाट घोषित भएका छौं । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु र सरकारलाई खबरदार भन्न चाहन्छु । सरकारले देशलाई कहाँ पुर्याउन खोजेको हो ?’
यस्तै अवस्था भए सरकार मात्रै नभई देश नै खतरामा पर्ने उनको जिकिर छ ।
प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार १२:३५