२०८३ साउन २१ गते बिहीबार

पूर्वराजालाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ : देउवा

पूर्वराजालाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ : देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ९ गते आइतबार ०६:०१

पछिल्लो समय राप्रपाले हिन्दूराष्ट्र र राजतन्त्र स्थापनाका लागि भन्दै प्रदर्शन गरिरहेको छ ।

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभापति बनाए हुने टिप्पणी गरेका छन् ।

कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले राप्रपालाई सुझाव दिँदै भने ‘उनी संवैधानिक राजा हुन लायक मान्छे होइनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछुताउँछ । बरु राप्रपाले पार्टीको सभापति बनाए हुन्छ ।’

पछिल्लो समय राप्रपाले हिन्दूराष्ट्र र राजतन्त्र स्थापनाका लागि भन्दै प्रदर्शन गरिरहेको छ । यही सन्दर्भमा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पार्टी राजनीतिमा आउन सुझाव दिए ।

प्रकाशित मिति २०८१ चैत ९ गते आइतबार ०६:०१
हजुरको प्रतिक्रिया