२०८३ साउन २१ गते बिहीबार

इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, २८ घाइते

इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, २८ घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १० गते सोमबार ११:२४

लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा...

लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा टायर शहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरिएको थियो । जसमा ६ जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।

त्यसैगरी पूर्वी लेबनानमा भएका आक्रमणमा ६ जना घाइते भएको बताएको छ ।

प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ११:२४
हजुरको प्रतिक्रिया