२०८३ साउन २१ गते बिहीबार

महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्ः मन्त्री यादव

महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्ः मन्त्री यादव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १० गते सोमबार ०१:२३

खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताएका छन् । सोमवार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व “अवस्था, अवसर र चुनौती” विषयक अन्तरक्रिया गोष्ठीमा...

महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको उल्लेख

खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताएका छन् ।

सोमवार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व “अवस्था, अवसर र चुनौती” विषयक अन्तरक्रिया गोष्ठीमा उनले महिलाहरु कमजोर नभएको बताए ।

उनले महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने जिकिर गरे । उनले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसक्नुभएको उल्लेख गर्दै महिलाहरु कमजोर नरहेको बताए ।

मन्त्री यादवले नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसक्नुभएको भन्दै महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको उल्लेख गरे ।

खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग आग्रह गरे ।

मन्त्री यादवले भने, ‘महिलाहरु कमजोर छैन । किन छैन भने हाम्रो मुलुकको सबैभन्दा महत्वपूर्ण पद, सबैभन्दा ठूलो पोष्ट, राष्ट्रपति महिलाले चलाएको छ । विद्यादेवी भण्डारीज्युले त मुलुकलालाई राष्ट्राध्यक्षको रुमपा चलाउनु भयो । निश्चित रुपमा यो देशले राष्ट्रपति जस्तो महत्वपूर्ण पद महिलाले चलाएको छ । प्रतिनिधि सभाको सभामुख पनि महिलाले चलाएको छ । कर्मचारीको मुख्यसचिव पनि महिलाले हाँकेको छ । अवसर दिनुस् न । अवसर दियो भने प्रधानमन्त्री पनि सबैभन्दा राम्रो महिलाले चलाउँछ । तर अवसर नदिने । अघि किन बढाउने, समानुपातिक हालौँ भन्ने छ । महिलाले जित्छ नि । लोकसभामा अनिवार्य रुपमा महिलाको कोटा छुट्याएको छ भारतमा । खानेपानी उपभोक्ता महासंघमा अध्यक्षज्युलाई आग्रह गर्दछु, ४२ हजार उपभोक्ता छ, २१ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्छ भनेर निर्णय गर्नुस् । महिला आउँछ की आउँदैन, भनेर हुन्छ, निर्णय गर्नुस् न ।’

मन्त्री यादवले शिक्षामा महिलाहरु धेरै अघि बढिसकेको बताए ।

प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ०१:२३
हजुरको प्रतिक्रिया