२०८३ असोज २६ गते सोमबार

कागजबिहीन अदालतको यात्रामा अघि बढिसक्यौं : प्रधानन्यायाधीश

कागजबिहीन अदालतको यात्रामा अघि बढिसक्यौं : प्रधानन्यायाधीश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ११ गते मंगलबार ११:५४

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजबिहीन अदालतको यात्रामा आफूहरु अघि बढिसकेको बताएका छन् । मंगलवार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरुलाई दिइने...

काठमाडौं ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजबिहीन अदालतको यात्रामा आफूहरु अघि बढिसकेको बताएका छन् ।

मंगलवार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरुलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरुको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उनले यस्तो बताए । उनले कागजबिहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकील, न्यायाधीश, कानून व्यवसायी तयार हो की होइन ? भन्दै प्रश्न समेत गरे । उनले अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने जिकिर गरे । न्यायिक सुधार गर्नैपर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको बताए । प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने बताउँदै प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसंगति हटाउने जिकिर गरे ।

प्रधानन्यायाधीश राउतले भने, ‘हामी पेपरलेस कोर्टको यात्रामा गएको छौँ । प्रश्न कहाँनेर छ भने त्यसको लागि विद्वान कानून व्यवसायी, सरकारी वकिल साथीहरु र हामी अदालतका सबै तयार भएका हौँ की होइनौँ ? अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुँदैन । यो बटमलाइन हो । हामीले न्यायिक सुधार गर्नैपर्ने भएको छ । तर न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै होलान् । तर एउटा माध्यम के पनि हो भने प्रविधिमार्फत हुने सुधार हो । यसले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्दछ । अनियमितता, विकृति र विसंगति हटाउन मद्दत गर्दछ । यसको मुल कुरा हो । यति कुरा गर्नसक्दा जुडिसियल रिफर्मलाई धेरै मद्दत पुग्छ ।’

प्रधानन्यायाधीश राउतले जसरी भएपनि जुडिसियल रिफर्म गर्नैपर्ने कुरामा जोड दिएका छन् ।

प्रकाशित मिति २०८१ चैत ११ गते मंगलबार ११:५४
हजुरको प्रतिक्रिया