२०८३ साउन २१ गते बिहीबार

अफगानिस्तानमा ४० प्राचीन स्मारकहरू पुनःस्थापित

अफगानिस्तानमा ४० प्राचीन स्मारकहरू पुनःस्थापित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १३ गते बिहीबार ११:५३

अफगानिस्तानमा विगत तीन वर्षमा विनाशको जोखिममा रहेका चालिस ऐतिहासिक स्मारकहरू र सुविधाहरू पुनस्र्थापित गरिएको छ । अफगानिस्तानको अन्तरिम सरकारको सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ताले बताए अनुसार यी ऐतिहासिक स्मारकहरू...

अफगानिस्तानमा विगत तीन वर्षमा विनाशको जोखिममा रहेका चालिस ऐतिहासिक स्मारकहरू र सुविधाहरू पुनस्र्थापित गरिएको छ ।

अफगानिस्तानको अन्तरिम सरकारको सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ताले बताए अनुसार यी ऐतिहासिक स्मारकहरू सात प्रान्तहरूमा पुनस्र्थापित गरिएको हो । उनले प्राचीन कलाकृतिहरू र ऐतिहासिक स्थलहरूको सुरक्षाका लागि विशेष प्रहरी सुरक्षा एकाइ गठन गरिएको पनि बताए ।

मन्त्रालयको प्रतिवेदन अनुसार २०२४ मा लगभग ८ हजार २ सय विदेशीहरूले देशका ऐतिहासिक स्मारकहरूको भ्रमण गरेका थिए ।

प्रकाशित मिति २०८१ चैत १३ गते बिहीबार ११:५३
हजुरको प्रतिक्रिया