२०८३ कात्तिक ११ गते मंगलबार

गोरखामा ट्रेकिङ्ग गाईडको मृत्यु

गोरखामा ट्रेकिङ्ग गाईडको मृत्यु

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत १३ गते बिहीबार १२:३०

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नं. ३ खोर्लाबेशीस्थित मनासलु पद यात्रा गर्दै रहेका एक अमेरिकी नागरिकको गाईड, ५४ वर्षीय सार्की शेर्पाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद...

गोरखा ।

गोरखाको धार्चे गाउँपालिका वडा नं. ३ खोर्लाबेशीस्थित मनासलु पद यात्रा गर्दै रहेका एक अमेरिकी नागरिकको गाईड, ५४ वर्षीय सार्की शेर्पाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार इन्फो नेपाल ट्रेकिङ्ग एजेन्सी मार्फत मनासलु पद यात्रामा आएका शेर्पा हिँड्दा अचानक ढलेका थिए । ढल्दा उनको  टाउकोमा गम्भीर चोट लागेको थियो, जसका कारण उनलाई उपचारको लागि धार्चे आधारभूत अस्पताल खोर्लाबेशी ल्याइएको थियो । चिकित्सकको प्रयास भए तापनि, ९:५० बजे उनको मृत्यु भएको पुष्टि गरिएको छ ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय आरुघाट गोरखा र प्रहरी चौकी माछीखोला गोरखाबाट टोली खटिइ अनुसन्धान सुरू गरिएको छ ।

प्रकाशित मिति २०८१ चैत १३ गते बिहीबार १२:३०
हजुरको प्रतिक्रिया