२०८३ असोज २६ गते सोमबार

शान्ति प्रक्रिया टुंग्याउन सरकार दत्तचित्त भएर लागेको छः प्रधानमन्त्री ओली

शान्ति प्रक्रिया टुंग्याउन सरकार दत्तचित्त भएर लागेको छः प्रधानमन्त्री ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १३ गते बिहीबार ०१:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताएका छन् । बिहीवार काठमाडौंमा अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले...

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताएका छन् ।

बिहीवार काठमाडौंमा अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले शुरु गरेको र आफैँले अगाडि बढाएको बताए । उनले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन र सफल पार्न मात्रै चाहेको र त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गरे ।

उनले पीडितका घाउमा मल्हम लगाउन र अबबाट नेपालमा अशान्ति हुँदैन भन्ने कुराको ग्यारेन्टी गर्न आवश्यक रहेको समेत बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम काँग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुंग्याइने भन्दै समझदारी गर्न आह्वान गरे ।

तीन राजनीतिक दलहरु संकल्प गर्ने हो शान्ति प्रक्रिया टुंग्याउने कुरामा धेरै समय नलाग्ने उनको भनाई थियो ।

प्रकाशित मिति २०८१ चैत १३ गते बिहीबार ०१:१२
हजुरको प्रतिक्रिया