काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग आग्रह गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्यायमा अहिलेसम्म राजनीतिले आरोहण गरिरहेको र न्याय सुस्ताएको जिकिर गरे । उनले यसमा व्यापक परिवर्तन हुन जरुरी रहेको बताए । आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै संक्रमणकालीन न्यायको सम्बोधन नहुने बताउँदै उनले एउटा सक्षम, स्वीकार्य, जनताले मानेको क्षमतावान, बुद्धिमान र विश्वासनीय आयोग बनाउन जरुरी रहेको बताए । उनल राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित हुनुपर्ने समेत बताए ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने भन्दै चलखेल नगर्ने इमान्दारिता आवश्यक रहेको समेत बताए ।
प्रकाशित मिति २०८१ चैत १३ गते बिहीबार ०१:२७