२०८३ साउन २१ गते बिहीबार

न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह

न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १३ गते बिहीबार ०३:१४

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग आग्रह गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संक्रमणकालीन न्यायमा अहिलेसम्म राजनीतिले आरोहण गरिरहेको र न्याय सुस्ताएको...

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग आग्रह गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संक्रमणकालीन न्यायमा अहिलेसम्म राजनीतिले आरोहण गरिरहेको र न्याय सुस्ताएको जिकिर गरे । उनले यसमा व्यापक परिवर्तन हुन जरुरी रहेको जिकिर गरे ।

आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै संक्रमणकालीन न्यायको सम्बोधन नहुने बताए ।

उनले एउटा सक्षम, स्वीकार्य, जनताले मानेको क्षमतावान, बुद्धिमान र विश्वासनीय आयोग बनाउन जरुरी रहेको उल्लेख गरे ।

राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित हुनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘संक्रमणकालीन न्यायको अवस्थामा अहिलेसम्म राजनीतिले आरोहण गरिरह्यो र न्याय सुस्ताइरह्यो । यो परिस्थितिमा व्यापक रुपमा परिवर्तन हुनुपर्छ । आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै अब संक्रमणकालीन न्यायको सम्बोधन भयो भन्ने होइन । यो मिनिमम काम हो । यति मिनिमम काम गर्दा पनि सन्तोष मान्नुपर्ने अवस्थामा हामी छौँ । सन्तोष मान्नुपर्ने अवस्था हो र रु एउटा सक्षम आयोग, स्वीकार्य आयोग, जनताले मानेको आयोग, परिकल्पना भएको बुद्धिमान आयोग, क्षमतावान, बुद्धिमान र विश्वासनीय आयोग खोज्नुपर्छ । आयोगमा कुनै किसिमको अनुचित सौदा गर्ने हो ने यि प्रक्रिया निरर्थक हुनेछन् । यस्तो नहोस् । राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित रहोस् । राजनीतिकर्मीले राजनीति गर्नुपर्छ । तर न्यायमा राजनीति नगर्नुहोला । पीडितको पीडाले पोलिरहेको ठाउँमा राजनीति नगर्नुहास् ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने भन्दै चलखेल नगर्ने इमान्दारिता आवश्यक रहेको बताए ।

प्रकाशित मिति २०८१ चैत १३ गते बिहीबार ०३:१४
हजुरको प्रतिक्रिया