२०८३ कात्तिक ११ गते मंगलबार

काबुलमा दुतावास पुनः खोल्नेबारे अफगानिस्तान र अमेरिकाबीच छलफल

काबुलमा दुतावास पुनः खोल्नेबारे अफगानिस्तान र अमेरिकाबीच छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १४ गते शुक्रबार ०९:४३

संयुक्त राज्य अमेरिकामा अफगान दुतावास हस्तान्तरण गर्ने वार्ता जारी रहेको उनले बताएका छन् । प्रतिनिधिमण्डल धेरै मुद्दाहरू लिएर संयुक्त राज्य अमेरिका फर्किएको बताइएको छ ।

एजेन्सी\सिन्ह्वा ।

अफगान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुलमा अमेरिकी दुतावास पुनः खोल्ने र वाशिंगटनमा अफगान दुतावासको नियन्त्रण हस्तान्तरण गर्ने लगायत धेरै मुद्दाहरूमा अमेरिकी प्रतिनिधिमण्डलसँग छलफल भएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकामा अफगान दुतावास हस्तान्तरण गर्ने वार्ता जारी रहेको उनले बताएका छन् । प्रतिनिधिमण्डल धेरै मुद्दाहरू लिएर संयुक्त राज्य अमेरिका फर्किएको बताइएको छ ।

मुजाहिदका अनुसार अन्तरिम सरकारले संयुक्त राज्य अमेरिकासँगको युद्ध समाप्त गरेको छ । अमेरिकासँग सकारात्मक सम्बन्ध स्थापित गर्न प्रतिवद्ध रहेको उनको भनाइ छ ।

अगस्ट २०२१ मा अन्तरिम सरकारले सत्ता सम्हालेदेखि पहिलो पटक अमेरिकी प्रतिनिधिमण्डलले गत हप्ता काबुलको भ्रमण गरेको थियो ।

प्रतिनिधिमण्डलले सरकारका कार्यवाहक विदेशमन्त्री मौलवी अमिर खान मुत्ताकीसँग द्विपक्षीय सम्बन्ध र कैदी आदानप्रदानको बारेमा छलफल गरेको थियो ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०९:४३
हजुरको प्रतिक्रिया