२०८३ साउन २१ गते बिहीबार

कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती ग¥योः काँग्रेस महामन्त्री शर्मा

कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती ग¥योः काँग्रेस महामन्त्री शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १७ गते सोमबार ०१:२८

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन् । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय...

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताए ।

उनले अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न समेत गरे ।

उनले अदालतमा विचाराधिन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने बताए ।

उनले भने, ‘सभामुख महोदय कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपथ्र्यो । हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं । सरकारले हटाएर गल्ति गरेको छ हामीले भनेका छौं । तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन ? सभामुखले समय दिनुभयो किन रु प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन ? तर यसो भन्दै गर्दा पनि आम नागरिकलाई तिमी अदालतको फैसला चाहन्छौं किन राजा भन्दै गर्दा नागरिकले अदालतको फैसला नै लोकतन्त्रमा सर्वोपरी हुन्छ भन्दै फैसला चाहन्छु भन्छन् ।’

उनले फरक प्रसंगमा बोल्दै राजावादी समूहको तीनकुने घटनामा भएको धनजनको क्षति भएकोबारे सबैतिर दुखेको भएपनि निर्मल निवास नदुखेको टिप्पणी गरे ।
उनले कुनैपनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे । जनतामा रहेका निराशाहरु लोकतान्त्रिक व्यवस्थामा जनताका समस्याहरु हल गर्दै जानुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति २०८१ चैत १७ गते सोमबार ०१:२८
हजुरको प्रतिक्रिया