२०८३ असोज २६ गते सोमबार

रास्वपा सांसद झाको प्रश्नः कर्मचारी मन्त्रीप्रति ‘लोयल’ हुने कि देशप्रति ?

रास्वपा सांसद झाको प्रश्नः कर्मचारी मन्त्रीप्रति ‘लोयल’ हुने कि देशप्रति ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १७ गते सोमबार ०३:४८

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कर्मचारी कुनै मन्त्रीप्रति नभई देशप्रति इमान्दार हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कर्मचारी कुनै मन्त्रीप्रति नभई देशप्रति इमान्दार हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएकोबारे जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीप्रति लोयल इमानदार नभएको आशय व्यक्त गरेका थिए ।

सांसद झाले मन्त्रीको चाप्लुसि गर्न कोही पनि कर्मचारी नआए सबैलाई हटाइदिने हो ? भन्दै प्रश्न समेत गरे ।

कुनैपनि कर्मचारी, राज्यप्रति, उसको कर्तव्य र जिम्मेवारी तथा संस्थाको लक्ष्य प्राप्तमका निम्ति इमान्दार हुनुपर्ने बताए ।

उनले भने, यो, ‘आज प्रधानमन्त्री कर्मचारी मन्त्रीप्रति लोयल हुने कुरा गरेर जानुभयो । कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति रु मन्त्रीको चाप्लुसि गर्नको लागि कोही कर्मचारी आउँछ रु कस्तो कुरा गरेर जानुभयो उहाँले कि मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे । राज्यप्रति, राज्यले तोकेको उसको जब डिस्क्रिप्सनप्रति, उ जे कार्यभार लिएको छ त्योप्रति, उसको संस्थामो लक्ष्यप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ । कुनैपनि मन्त्रीप्रति लोयल हुने कर्मचारी होइन ।’

उनले कुनैपनि कर्मचारी मन्त्रीप्रति लोयल हुने संस्कार छोड्न जरुरी रहेको समेत बताए ।

प्रकाशित मिति २०८१ चैत १७ गते सोमबार ०३:४८
हजुरको प्रतिक्रिया