२०८३ असोज २६ गते सोमबार

दुःखलाई शक्तिमा परिणत गर्ने कोशिस गर्छौं: राप्रपा सांसद शाही

दुःखलाई शक्तिमा परिणत गर्ने कोशिस गर्छौं: राप्रपा सांसद शाही

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १८ गते मंगलबार ०३:०७

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केही नेताहरु थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताएका छन् । मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहीले यस्तो बताएका हुन् । उनले...

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केही नेताहरु थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताएका छन् ।

मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहीले यस्तो बताएका हुन् ।

उनले पार्टीले सामना गरिरहेको वर्तमान परिस्थितिलाई शक्तिमा बदल्ने कोशिस रहने बताए ।

उनले वरिष्ठ नेता दीपक बोहराप्रति श्रदाञ्जली व्यक्त गदै मुलकको विकासको लागि गरेको योगदानलाई आत्मसाथ गर्दै अघि बढ्ने जिकिर गरे ।

उनले भने, ‘आज राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकदमै दुःखको दिन हो । पार्टीका वरिष्ट नेता माननीय दीपक बोहराको निधनले पार्टी र सम्रग नेताहरु दुखित र स्तब्द भएका छौं । नेपाली राजनीतिमा उहाँले गरेको योगदान र उहाँले सिकाएको बाटो पार्टीले अपनाउने छ । हाम्रा नेताहरु पनि थुनिएका छन् र हाम्रा वरिष्ठ नेता समेत छोडेर जानु भएको छ । हामी यो दुःखलाई शक्तिमा परिणत गर्ने कोशिस गर्छौं ।’

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको मंगलवार उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार ०३:०७
हजुरको प्रतिक्रिया