२०८३ कात्तिक ११ गते मंगलबार

सुनचाँदीका गरगहना चम्काईदिने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ

सुनचाँदीका गरगहना चम्काईदिने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत २० गते बिहीबार ०९:४८

भारत, बिहार प्रदेश, जदिया सुपौलका ३२ वर्षीय पिन्टु शाह र ४१ वर्षीय सन्तोष कुमार शाहले स्थानीय महिला तथा वृद्धवृद्धालाई गरगहना सफा गरी चम्काईदिने भन्दै विभिन्न रसायन प्रयोग गरी गरगहनाको तौल घटाई ठगी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।

गोरखा ।

सुनचाँदीका गरगहना सफा गरी चम्काईदिने बहानामा ठगी गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–६ भलायाडाँडामा ठगी गर्दै गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

भारत, बिहार प्रदेश, जदिया सुपौलका ३२ वर्षीय पिन्टु शाह र ४१ वर्षीय सन्तोष कुमार शाहले स्थानीय महिला तथा वृद्धवृद्धालाई गरगहना सफा गरी चम्काईदिने भन्दै विभिन्न रसायन प्रयोग गरी गरगहनाको तौल घटाई ठगी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।

उनले घटनाबारे प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सुनचाँदीका गहना गाल्न प्रयोग गरिने रसायन तथा अन्य सामग्रीसहित पक्राउ गरेको बताए ।

पक्राउ परेका शाहद्वयविरुद्ध २० गते बुधबार ठगी सम्बन्धी कसूर शिर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिएको समेत जिल्ला प्रहरी प्रबक्ता सुवेदीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार, उनीहरू यसअघि पनि यस्तै ठगी घटनामा संलग्न रहेको आशंका गरिएको छ ।

यदि कोही अन्य व्यक्तिहरू पनि उनीहरूको ठगीको सिकार भएका छन् भने जिल्ला प्रहरी कार्यालय, गोरखामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति २०८१ चैत २० गते बिहीबार ०९:४८
हजुरको प्रतिक्रिया