२०८३ कात्तिक ११ गते मंगलबार

संयुक्त राष्ट्र मानव अधिकार परिषदद्वारा गाजामा नरसंहार रोक्न आग्रह

संयुक्त राष्ट्र मानव अधिकार परिषदद्वारा गाजामा नरसंहार रोक्न आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २० गते बिहीबार ११:४७

संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ५८ औं बैठकले बुधवार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न माग गर्ने प्रस्ताव पारित गरेको छ । पक्षमा २७ मत विपक्षमा ४ मत र १६ मतले मतदान नगरी पारित भएको प्रश्तावले इजरायललाई युद्धविराम सम्झौता...

संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ५८ औं बैठकले बुधवार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न माग गर्ने प्रस्ताव पारित गरेको छ ।

पक्षमा २७ मत विपक्षमा ४ मत र १६ मतले मतदान नगरी पारित भएको प्रश्तावले इजरायललाई युद्धविराम सम्झौता उल्लंघन गरेकोमा निन्दा गरेको छ । आफ्ना प्रतिवद्धताहरूलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । प्रस्तावले गाजामा युद्धको विधिको रूपमा इजरायलले भोकमरीको प्रयोग, मानवीय पहुँचको गैरकानूनी अस्वीकार, राहत आपूर्तिमा जानाजानी अवरोध र खाद्यान्न, पानी, बिजुली, इन्धन र दूरसञ्चार लगायत नागरिक बाँच्नको लागि आवश्यक पर्ने आवश्यक स्रोतहरूबाट वञ्चित गरेकोमा थप निन्दा गरेको छ ।

प्रस्तावले इजरायली अधिकारीहरूले नरसंहारको लागि उक्साउने बयानहरूमाथि गम्भीर चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति २०८१ चैत २० गते बिहीबार ११:४७
हजुरको प्रतिक्रिया