२०८३ साउन २१ गते बिहीबार

लडाकु विमान दुर्घटना हुँदा एक पाइलटको मृत्यु

लडाकु विमान दुर्घटना हुँदा एक पाइलटको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २१ गते शुक्रबार ११:३०

भारतको पश्चिमी राज्य गुजरातमा रात्रिकालीन अभियानको क्रममा भारतीय वायुसेनाको जगुआर लडाकु विमान दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु भएको छ । त्यसैगरी अर्का एकजना गम्भीर घाइते भएको अधिकारीहरूले बताएका छन् । गुजरातको राजधानी...

भारतको पश्चिमी राज्य गुजरातमा रात्रिकालीन अभियानको क्रममा भारतीय वायुसेनाको जगुआर लडाकु विमान दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु भएको छ ।

त्यसैगरी अर्का एकजना गम्भीर घाइते भएको अधिकारीहरूले बताएका छन् । गुजरातको राजधानी गान्धीनगरबाट लगभग ३३४ किलोमिटर पश्चिममा रहेको जामनगर जिल्लाको सुवर्दा गाउँको खुला मैदानमा बुधबार राति दुर्घटनापछि लडाकु विमानमा आगो लागेको थियो ।

भारतीय वायुसेनाले दुर्घटनाको अनुसन्धानको आदेश दिएको छ ।

प्रकाशित मिति २०८१ चैत २१ गते शुक्रबार ११:३०
हजुरको प्रतिक्रिया