२०८३ कात्तिक ११ गते मंगलबार

व्यापार युद्धमा कसैले पनि जित्दैनः संयुक्त राष्ट्रसंघ

व्यापार युद्धमा कसैले पनि जित्दैनः संयुक्त राष्ट्रसंघ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २२ गते शनिबार १०:४७

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले व्यापार युद्धमा कसैले पनि नजित्ने बताएका छन् । व्यापक विरोधको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार पारस्परिक कर सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।...

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले व्यापार युद्धमा कसैले पनि नजित्ने बताएका छन् ।

व्यापक विरोधको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार पारस्परिक कर सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । जसमा १० प्रतिशत न्युनतम आधारभुत कर र केही व्यापारिक साझेदारहरूमा उच्च दरहरू लगाइनेछ । ह्वाइट हाउसको पछिल्लो कर नीतिमा गुटेरेसको टिप्पणीको बारेमा सोध्दा संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले व्यापार युद्धमा कसैले पनि नजित्ने बताएका हुन् ।

उनले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरू विश्वव्यापी व्यापार युद्धले नकारात्मक रूपमा प्रभावित हुने समेत बताए ।

प्रकाशित मिति २०८१ चैत २२ गते शनिबार १०:४७
हजुरको प्रतिक्रिया