२०८३ कात्तिक १० गते सोमबार

कास्कीमा टिप्पर र माेटरसाइकल ठाेक्किँदा २ जनाकाे ज्यान गयाे

कास्कीमा टिप्पर र माेटरसाइकल ठाेक्किँदा २ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ७ गते सोमबार १०:५१

पाेखरा । कास्कीमा टिप्परसँग माेटरसाइकल ठाेक्किएर २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाइकमा सवार पर्वत, मोदी- १ भुकताङ्गेका ३३ बर्षीय बिनाेद मल्ल र ४७ वर्षीय भिम बहादुर मल्ल रहेका छन् । पाेखराबाट पर्वत जाने क्रममा बाटाेमा उनीहरूकाे...

पाेखरा । कास्कीमा टिप्परसँग माेटरसाइकल ठाेक्किएर २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाइकमा सवार पर्वत, मोदी- १ भुकताङ्गेका ३३ बर्षीय बिनाेद मल्ल र ४७ वर्षीय भिम बहादुर मल्ल रहेका छन् । पाेखराबाट पर्वत जाने क्रममा बाटाेमा उनीहरूकाे दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

आइतबार बेलुकी अन्दाजी ५ बजेकाे समयमा कास्कीकाे अन्नपूर्ण ३ लक्ष्मी देउराली पत्थर ढुंगा भन्ने स्थानमा पर्वतबाट पाेखरा तर्फ आइरहेकाे प्र. ३ – ०१ -००३ क ५१७३ नम्बरकाे टिप्पर र ग २० प ६०३० नम्बरकाे माेटरसाइकल ठक्कर खाएकाे थियाे । त्यसपछि, गम्भीर घाइते हुन पुगेका बाइकमा सवार २ जनालाई उपचारका लागि पाेखरा पठाइएकाे थियाे ।

मनिपाल अस्पताल ल्याउनासाथ बिनाेदलाई मृत घाेषणा गरिएकाे र अर्का घाइते भिम बहादुर मल्लकाे उपचारकै क्रममा साढे ६ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे जिप्रका, कास्कीले जनाएकाे छ ।

प्रकाशित मिति २०७८ असार ७ गते सोमबार १०:५१
हजुरको प्रतिक्रिया