काठमाडौं ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिएका छन् ।
गणेशमान सिंह फाउन्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जुनसुकै पार्टीको सरकार भएपनि दुबै देशको हित हुने गरी अगाडि बढ्नुपर्ने बताए । उपप्रधानमन्त्री सिंहले नेपाल–भारतबीचको सम्बन्ध सुदृढ गर्नुमा भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भुमिका अत्यन्त महत्वपूण रहेको समेत उनको जिकिर थियो ।
उनले भने, ‘नेपाल–भारतबीचको जुन सम्बन्ध छ । सरकार जेसुकै होस् जसको होस् । भारतमा होस् वा नेपालमा जुनसुकै पार्टीको सरकार होस् । दुबै देशबीचको सम्बन्ध मजबुत र सन्तुलित राख्यौं भने दुवै देशको हित हुन्छ । दुबै देशको हित हुने कुरामा हामी सबैले जोड दिनुपर्छ ।’
गणेशमान सिंह र भारतीय चन्द्रशेखरबीचको सुमधुर सम्बन्ध र चरित्रका कारण नेपाल–भारतबीचको सम्बन्ध सुदृढ हुन पुगेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ चैत २४ गते सोमबार ०५:१०




