२०८३ साउन २१ गते बिहीबार

सरकारद्वारा नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका खारेज

सरकारद्वारा नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका खारेज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २६ गते बुधबार ०९:३२

यस्तै मन्त्रिपरिषद् बैठकले यही चैत २८ र २९ गते काठमाण्डौमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

काठमाडौं ।

सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७८ खारेज गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारेमा जानकारी दिएका हुन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले यही चैत २८ र २९ गते काठमाण्डौमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव राजेन्द्रप्रसाद शर्माको राजीनामा स्वीकृत गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार ०९:३२
हजुरको प्रतिक्रिया