काठमाडौं ।
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि गत शनिबार भएको निर्वाचनको मतगणना आज पनि जारी छ ।
कुल खसेको मतको अझै ३५ सय गन्न बाँकी रहेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालले जानकारी दिए ।
अब काठमाडौं बार, उच्च अदालत बार र ललितपुर बारको मतगणना बाँकी छ । निरालका अनुसार आज पनि मतगणना सकिने छैन् । भोलिसम्ममा गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ ।
गत शनिबार भएको मतदानमा ९ हजार ९ सय ९६ मतदाता मध्ये ७ हजार बढी मत खेसेको थियो । पछिल्लो मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनको प्यानलले मतान्तर फराकिलो बनाएको छ ।
दोस्रो दिनको अन्तिम मतगणनाको मत परिणाम अनुसार कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक–प्रगतिशील गठबन्धनले सबै पदमा फराकिलो अग्रता कायम गरेको हो ।
सबै पदमा सत्ता पक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली कांग्रेस निकट डीएलए गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।
देशभर योग्य मतदाता ९ हजार ९ सय ९७ रहेकोमा लगभग ८० प्रतिशत ७ हजार ९ सय ९५ मत खसेको थियो ।
बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि अध्यक्षमा पाँचसहित ५७ जना चुनावी दौडमा रहेका छन् ।
प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार ०९:५९




