२०८३ असोज २८ गते बुधबार

यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउँदैछौँः मन्त्री दाहाल

यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउँदैछौँः मन्त्री दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २८ गते शुक्रबार ०३:१४

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालकोे यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताएका छन् । शुक्रवारदेखि काठमाडौमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले...

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालकोे यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताएका छन् ।

शुक्रवारदेखि काठमाडौमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् र

उनले संरचनाहरु निर्माणको क्रमदेखि नै वातवरणीय क्षति हुन नदिने र वातावरणमैत्री सवारी साधनहरुलाई प्रोत्साहन गरिने उल्लेख गरे ।

मन्त्री दाहालले यातायात र वातावरणको सवाल अहिले विश्वव्यापी चासो रहेको बताए ।

उनले वातावरणमैत्री, दिगो, प्रविधिसम्पन्न, अपाङ्गमैत्री र प्रयोगकर्तामैत्री यातायात प्रणाली विकास गर्ने नेपालको लक्ष्य रहेको बताए ।

मन्त्री दाहालले सुरक्षित, बलियो र वातावरणमैत्री सडक पूर्वाधार निर्माण गर्नु, साथै शहरी तथा ग्रामीण क्षेत्रलाई जोड्ने सडक सञ्जाल विस्तार गर्नु र सार्वजनिक यातायात, सडक सुरक्षालगायतका क्षेत्रमा सुधार ल्याउन नीति र कानुनी संरचना लागू गर्नु अहिलेको आवश्यकता भएकाले सरकारले त्यसतर्फ समेत काम गरेको बताएका छन् ।

प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार ०३:१४
हजुरको प्रतिक्रिया