२०८३ असोज २७ गते मंगलबार

काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल

काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २९ गते शनिबार १२:२६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको नेपालको...

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको दाबी गरे।

उनले नेपाली कांग्रेसबाहेक नेपालमा अरू राजनीतिक दलहरूले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे।

उनले कांग्रेसको अर्थनीतिमै अरू राजनीतिक दलहरू हिँडिरहेको बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालमा धेरै कामहरू भएको बताए।

उनले अन्तर्राष्ट्रिय रूपमा अरूले गर्न नसकेको उपलब्धिहरू पनि नेपालले गरेको बताए।

मन्त्री पौडेलले भने, ‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको हो। आज कांग्रेसबाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन। कांग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालिरहेका छन्।ु

उनले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको बताए। २७५ को संसदको संख्या घटाएर २०१ मा झार्नुपर्ने आवश्यकता रहेको बताए।

प्रदेश सभाको सांसद संख्या आधा घटाउनुपर्ने प्रश्ताव गरे। पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने बताए। संघीय मन्त्रिमण्डल २५ जनाबाट १५ जनमा झार्नुपर्ने बताए। प्रदेशको मन्त्रिमण्डल तीन सदस्यीय बनाउनुपर्ने बताए। राजनीतिक संरचना घटाइसकेपछि प्रशासनिक संरचना पनि घटाउन सकिने बताए।

मन्त्री पौडेलले भने, ‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको हो । आज काँग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन । काँग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालीरहेका छन् । विकासको सन्दर्भमा हामीले थुप्रै उदाहरणहरु प्रश्तुत गर्नसक्छौँ । हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको छ । समावेशिताको सन्दर्भमा अमेरिकाको संसद नेपालको जस्तो छ । भारतको संसद नेपालको जस्तो छ ? आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो, शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो रु अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि हामीले गरेका छौँ । तर विषय के हो भने पूर्ण छैन, सन्तुष्ट हुनसक्ने स्थिति छैन ।’

मन्त्री पौडेलले शहीदहरुले रगत बगाएर ल्याएको गणतन्त्रमाथि प्रश्न गर्ने स्थिति नरहेको जिकिर गरे।

प्रकाशित मिति २०८१ चैत २९ गते शनिबार १२:२६
हजुरको प्रतिक्रिया