२०८३ कात्तिक ११ गते मंगलबार

प्यालेस्टिनीहरूद्वारा ट्रम्पको स्थानान्तरण प्रश्ताव अस्वीकार

प्यालेस्टिनीहरूद्वारा ट्रम्पको स्थानान्तरण प्रश्ताव अस्वीकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २९ गते शनिबार १२:३९

v दक्षिणी गाजा पट्टीको खुजाआ शहरमा ४१ वर्षीय हुसम डल्लोल कुदेइहले आश्रयस्थलबाट सूर्यास्त हेर्दै आफ्नो भविष्यको बारेमा सोचेका थिए । जहाँ इजरायली युद्धले उनको जीवनको हरेक पक्षलाई असर गरिरहेको थियो । आफूहरुले जन्मभूमि छोडेर कतै...

v

दक्षिणी गाजा पट्टीको खुजाआ शहरमा ४१ वर्षीय हुसम डल्लोल कुदेइहले आश्रयस्थलबाट सूर्यास्त हेर्दै आफ्नो भविष्यको बारेमा सोचेका थिए । जहाँ इजरायली युद्धले उनको जीवनको हरेक पक्षलाई असर गरिरहेको थियो ।

आफूहरुले जन्मभूमि छोडेर कतै पनि जान नसक्ने उनको भनाइ छ । भत्किएको घरमा सुत्नपरे पनि आफूहरुले आफ्नो जन्मस्थान नछोड्ने उनीहरुको अडान छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका बासिन्दाहरूलाई अन्य देशहरूमा स्थानान्तरण गर्ने सुझाव दिएपछि उनका शब्दहरूले गाजाका बासिन्दाहरूमा बढ्दो अवज्ञाको भावना झल्काउँछ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग वाशिंगटनमा भएको भेटमा ट्रम्पले प्यालेस्टिनीहरूलाई विभिन्न देशहरूमा सार्ने सुझाव दिए। ट्रम्पको टिप्पणीले प्यालेस्टिनी क्षेत्रहरूमा आक्रोश फैलाएको छ ।

मार्च १८ मा गाजामा इजरायली सैन्य कारबाही पुनः शुरु भएदेखि, कम्तिमा १ हजार ४८२ प्यालेस्टिनीहरू मारिएका छन् । ३ हजार ६ सय भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति २०८१ चैत २९ गते शनिबार १२:३९
हजुरको प्रतिक्रिया