२०८३ कात्तिक १० गते सोमबार

गोरखामा मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

गोरखामा मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ वैशाख १ गते सोमबार १२:१२

गोरखा । गोरखा जिल्लामा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । सोमबार बिहान करिब १:१५ बजे गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरा स्थित सडकखण्डमा भएको उक्त दुर्घटनामा गोरखा, भीमसेनथापा...

गोरखा ।

गोरखा जिल्लामा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान करिब १:१५ बजे गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरा स्थित सडकखण्डमा भएको उक्त दुर्घटनामा गोरखा, भीमसेनथापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको मृत्यु भएको हो । काठमाडौँबाट गोरखा आउँदै गरेको बा.८८ प.९७६२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक केशव पाण्डे र मोटरसाईकलमा सवार अर्का १८ वर्षीय रविन पाण्डे घाइते भएका थिए । दुबै जनालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल गोरखा ल्याइएकोमा उपचारको क्रममा बिहान ३:२५ बजे चालक केशव पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गम्भीर घाइते रविन पाण्डेलाई थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल रिफर गरिएको छ ।

प्रकाशित मिति २०८२ वैशाख १ गते सोमबार १२:१२
हजुरको प्रतिक्रिया