२०८३ साउन २१ गते बिहीबार

अरब लिगद्वारा पश्चिमी सुडानमा अर्धसैनिक बलको आक्रमणको निन्दा

अरब लिगद्वारा पश्चिमी सुडानमा अर्धसैनिक बलको आक्रमणको निन्दा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ३ गते बुधबार १०:२८

अरब लिग (एएल) ले पश्चिमी सुडानमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) द्वारा गरिएको घातक आक्रमणको निन्दा गरेको छ । उत्तरी डार्फर राज्यको उम्म कडादा शहरमा भएको आक्रमणमा २० बालबालिका र करिब १४ राहतकर्मीसहित १०० भन्दा बढी व्यक्तिको...

अरब लिग (एएल) ले पश्चिमी सुडानमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) द्वारा गरिएको घातक आक्रमणको निन्दा गरेको छ ।

उत्तरी डार्फर राज्यको उम्म कडादा शहरमा भएको आक्रमणमा २० बालबालिका र करिब १४ राहतकर्मीसहित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन् । निर्दोष र जबरजस्ती विस्थापित बासिन्दाहरूलाई आक्रमण गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव २७३६ को स्पष्ट उल्लंघन भएको जनाएको छ । अपराधीहरूलाई जवाफदेही बनाउन माग समेत गरेको छ । जुन २०२४ मा पारित प्रस्ताव २७३६ ले आरएसएफलाई उत्तरी डार्फर राज्यको राजधानी एल फाशेरमा घेराबन्दी रोक्न र लडाईंलाई कम गर्न माग गरेको छ ।

यसले लडाईंमा संलग्न पक्षहरूलाई द्वन्द्वबाट नागरिक र स्वास्थ्यकर्मीहरूलाई जोगाएर र द्वन्द्वबाट प्रभावित नागरिकहरूलाई मानवीय पहुँच प्रदान गरेर अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न पनि आवश्यक रहेको बताएको छ ।

प्रकाशित मिति २०८२ वैशाख ३ गते बुधबार १०:२८
हजुरको प्रतिक्रिया