२०८३ असोज २७ गते मंगलबार

स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा

स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ३ गते बुधबार ०१:०५

काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय चन्द्रप्रसाद न्यौपाने नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताएका छन्। बुधबार काठमाडौंमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति...

काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय चन्द्रप्रसाद न्यौपाने नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताएका छन्।

बुधबार काठमाडौंमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति तथा नेपाली कांग्रेसका नेता स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो वार्षिक स्मृतिको अवसरमा चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण गर्दै यस्तो बताएका हुन्।

उनले स्व. न्यौपानेलाई आफूले नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रूपमा चिनेको उल्लेख गरे। उनले स्व.न्यौपानेका परिवारले नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान गरेको जिकिर गरे।

सभापति देउवाले भने, ‘स्व.चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको छु। उहाँहरुको नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान रहेको छ । दाजुको पाइला पछ्याउँदै चन्द्रप्रसाद न्यौपानेले नेपाली काँग्रेसमा सक्रिय भइ भुमिका खेल्नुभयो।’

सोही अवसरमा सभापति देउवाले स्व. न्यौपानेका दाजु कृष्णप्रसाद न्यौपानेलाई आफूले जेलमा भेट भएको र उनमा धेरै नझुक्ने, जुझारु व्यक्तित्व आफूले पाएको बताए।

प्रकाशित मिति २०८२ वैशाख ३ गते बुधबार ०१:०५
हजुरको प्रतिक्रिया