२०८३ कात्तिक ११ गते मंगलबार

मकवानपुरमा बस दुर्घटना, १६ यात्रु घाइते

मकवानपुरमा बस दुर्घटना, १६ यात्रु घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ४ गते बिहीबार ०९:०५

घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं ।

मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन् ।

घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बस चालक बाराको कोल्बी नगरपालिका–११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति २०८२ वैशाख ४ गते बिहीबार ०९:०५
हजुरको प्रतिक्रिया