२०८३ असोज २५ गते आइतबार

सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा मात्र सिमित नराखियोस्ः माधव सापकोटा

सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा मात्र सिमित नराखियोस्ः माधव सापकोटा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ४ गते बिहीबार ०९:०७

सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनुपर्ने उनको भनाइ छ ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवादको तयारी प्रक्रियामा सरकार र सरकार निकट व्यक्तिहरूको मात्र सहभागिता देखिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई भेटेर उनले यस्तो बताएका हुन् ।

जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य भएपनि सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सिमिति राख्न खोजिएको पनि उनले आरोप लगाए ।

सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य छ । तर सगरमाथा संवादको तयारी प्रक्रियामा सरकार र सरकार निकट व्यक्तिहरूको मात्र सहभागिता देखिनु विडम्बनापूर्ण छ । यो संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनु पर्दछ । यसले मात्र संवादको विश्वसनीयता, प्रभावकारिता र राष्ट्रिय स्वामित्व सुनिश्चित गर्दछ ।’

उनले समावेशी संरचना र सहभागितामूलक प्रक्रियामार्फत सगरमाथा संवादलाई राष्ट्रिय गौरवको संवाद बनाउन र सबैको अपनत्ववोध गराउन सरकारको ध्यानाकर्षण समेत गराए ।

उनले जलवायु न्याय र हिमाल संरक्षणको विषय अन्तर्राष्ट्रिय कुटनीतिको संवेदनशील विषय भएको बताए ।

विभिन्न देशबाट आमन्त्रित पाहुनामाझ प्रस्तुत गर्ने अवधारणा, कार्यपत्र र दृष्टिकोणले राष्ट्रिय एकता र विश्वसनीयता झल्काउनुपर्ने उल्लेख गर्दै उनले यसका लागि सबै राजनीतिक दल, विज्ञ, नागरिक समाज र सरोकारवालासँग गहन छलफल, परामर्श र सहमति हुनु आवश्यक रहेको बताए ।

सगरमाथा संवादलाई पारदर्शी प्रक्रियाबाट राष्ट्रिय सहमतिमार्फत ऐतिहासिक अवसर बनाउन र नेपालको जलवायु कूटनीतिमा कोशेढुंगाका रुपमा स्थापित गर्न उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति २०८२ वैशाख ४ गते बिहीबार ०९:०७
हजुरको प्रतिक्रिया