२०८३ कात्तिक ११ गते मंगलबार

दक्षिणी स्पेनमा कार दुर्घटनामा २ जनाको मृत्यु, १० जना घाइते

दक्षिणी स्पेनमा कार दुर्घटनामा २ जनाको मृत्यु, १० जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ६ गते शनिबार १०:०८

दक्षिणी स्पेनको फुएनगिरोलामा रहेको एउटा रेस्टुरेन्टको टेरेसमा कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । साथै तीन जना गम्भीर घाइते भएका छन् । जसमध्ये तीन जना गम्भीर घाइते भएका छन् । कार चालक ४५ वर्षीया महिलालाई मदिरा सेवन गरेर सवारी...

दक्षिणी स्पेनको फुएनगिरोलामा रहेको एउटा रेस्टुरेन्टको टेरेसमा कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । साथै तीन जना गम्भीर घाइते भएका छन् । जसमध्ये तीन जना गम्भीर घाइते भएका छन् ।

कार चालक ४५ वर्षीया महिलालाई मदिरा सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ गरिएको छ । साथै वैध लाइसेन्स बिना नै गाडी चलाएको पाइएको अधिकारीहरुले बताएका छन् । दुर्घटना स्थानीय समयअनुसार राति १० बजेतिर मालागा नजिकैको लोकप्रिय पर्यटकीय स्थलको समुन्द्री किनारको प्रोमेनेडमा भएको थियो । महिला पहिले स्ट्रिटलाइटसँग ठोक्किएकी थिइन् र घटनास्थलबाट भाग्न खोजिरहेकी थिइन् ।

पीडितहरूमध्ये एक ४७ वर्षीया महिला थिइन् । जो दुर्घटना निम्त्याएको कारको यात्रु सिटमा थिइन् । दोस्रो मृत्यु २५ वर्षीया पैदल यात्रीको भएको थियो ।

प्रकाशित मिति २०८२ वैशाख ६ गते शनिबार १०:०८
हजुरको प्रतिक्रिया