२०८३ साउन २१ गते बिहीबार

चीन सरकारद्वारा म्यानमारलाई सातौं चरणको सहयोग प्रदान

चीन सरकारद्वारा म्यानमारलाई सातौं चरणको सहयोग प्रदान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ८ गते सोमबार १०:०२

सहायता सामग्रीहरूमा ८ लाख बक्स एमोक्सिसिलिन क्याप्सुल, १ लाख २२ हजार बोतल प्यारासिटामोल र म्यानिटोल इन्जेक्सन, २ लाख २५ हजार बक्स सेफ्राडिन क्याप्सुल र ४ लाख ८० हजार बोतल आइबुप्रोफेन ट्याब्लेट समावेश छन् ।

ऐजेन्सी\सिन्ह्वा ।

चीन सरकारले म्यानमारलाई आपतकालीन मानवीय सहायता सामग्रीको सातौं ब्याच हस्तान्तरण गरेको छ ।

याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारले म्यानमार सरकारलाई सहायता सामग्रीहरु हस्तान्तरण गरेको हो ।

मार्च २८ मा आएको विनाशकारी ७.९ म्याग्निच्युडको भूकम्पका कारण म्यानमार जोखिममा छ ।

सहायता सामग्रीहरूमा ८ लाख बक्स एमोक्सिसिलिन क्याप्सुल, १ लाख २२ हजार बोतल प्यारासिटामोल र म्यानिटोल इन्जेक्सन, २ लाख २५ हजार बक्स सेफ्राडिन क्याप्सुल र ४ लाख ८० हजार बोतल आइबुप्रोफेन ट्याब्लेट समावेश छन् ।

जसको कुल तौल ९५ टन छ । म्यानमारको आधिकारिक तथ्यांकअनुसार भूकम्पले ३ हजार ७ सय २६ जनाको ज्यान गएको छ ।

५ हजार १ सय ५ जना घाइते भएका छन् । अप्रिल १८ सम्म १२९ जना बेपत्ता छन् ।

प्रकाशित मिति २०८२ वैशाख ८ गते सोमबार १०:०२
हजुरको प्रतिक्रिया