२०८३ साउन २१ गते बिहीबार

कश्मीर आक्रमणमा मारिएका सुदीपको शव परिवारको जिम्मा लगाइयो

कश्मीर आक्रमणमा मारिएका सुदीपको शव परिवारको जिम्मा लगाइयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ११ गते बिहीबार १२:२१

काठमाण्डौ । भारतको जम्मु कश्मीरको वैसरण उपत्यकामा आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७ वर्षीय सुदीप न्यौपाको शव परिवारलाई जिम्मा लगाइएको छ । मंगलवार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको...

काठमाण्डौ ।

भारतको जम्मु कश्मीरको वैसरण उपत्यकामा आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७ वर्षीय सुदीप न्यौपाको शव परिवारलाई जिम्मा लगाइएको छ ।

मंगलवार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्याइएको थियो । बिहीवार बिहान नै शव परिवारको जिम्मा लगाइएको छ । सुदीपको शव बिहीबार नै बुटवल–११ मनकामनापथस्थित घरमा लगिएको छ । उनको बिहीबार नै अन्त्येष्टि गरिने बताइएको छ । सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाई युवराज काफ्ले सहित शनिवार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए । त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलवार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । सुदीपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल आएका छन् ।

आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए ।

प्रकाशित मिति २०८२ वैशाख ११ गते बिहीबार १२:२१
हजुरको प्रतिक्रिया