२०८३ साउन २१ गते बिहीबार

बिनास पछिको बिकास: भूकम्पपछिको दशक र भोलिको डर

बिनास पछिको बिकास: भूकम्पपछिको दशक र भोलिको डर

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ वैशाख १२ गते शुक्रबार ११:२७

गोरखा । २०७२ साल बैशाख १२ गते, मध्यान्ह ११:५६ बजे। एक अविस्मरणीय क्षण जसले सम्पूर्ण देशलाई हल्लायो। गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले नेपालमा हजारौंको ज्यान लिएर गयो, लाखौंलाई घरविहीन...

गोरखा ।

२०७२ साल बैशाख १२ गते, मध्यान्ह ११:५६ बजे। एक अविस्मरणीय क्षण जसले सम्पूर्ण देशलाई हल्लायो। गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले नेपालमा हजारौंको ज्यान लिएर गयो, लाखौंलाई घरविहीन बनायो र इतिहासमै एक भयावह दिनको चिनो कोर्यो।

गोरखामा मात्रै ४७२ जनाको ज्यान गयो। केन्द्रबिन्दु बारपाकमा मात्र ७२ जनाले आफ्नो जीवन गुमाए। जिल्लाका ६० हजारभन्दा बढी घर र संरचनाहरू ध्वस्त भए — मठमन्दिर, गुम्बा, मस्जिद, चर्च, विद्यालय, स्वास्थ्य चौकीदेखि सरकारी र गैरसरकारी भवनहरूसम्म। सयौं घाइते भए, धेरैले अंगभंगको पीडा बोक्न बाध्य भए।

आज, त्यस भयावह घटनाको एक दशक पूरा भएको छ। यो अवधिमा धेरै कुरा फेरिएका छन्। ध्वस्त संरचनाहरू प्रायः पुनर्निर्माण भइसकेका छन्। घरहरू नयाँ बनेका छन्, सरकारी र सार्वजनिक भवनहरू फेरि उभिएका छन्। जीवन क्रमशः सामान्य बनेको छ।

केन्द्रबिन्दु बारपाकलाई सरसर्ती हेर्ने हो भने उक्त गाउँले मुहार नै फेरेको छ ।  बारपाक-१ का स्थानीय बासिन्दा जित कुमारी घले  भन्छिन्। “हामी अझै पनि डराएका छौं, त्यस्तै भयावह दिन फर्केर नाआओस्।” उनी भन्छिन् ,”घरहरु नयाँ बने, पर्यटक पनि दिनहुँ घुम्न आउछन्, ब्यापार पनि बढेको छ र यहाँका बासिन्दाले नयाँ जिबन पाए जस्तो भएको छ ।”

त्यस्तै सोही ठाउँका पुर बहादुर गुरुङ भन्छन् ,”बर्तमानलाई हेर्ने हो भने नेपालका प्रमुख तथा वरिष्ठ नेताहरुको साथै मिडियाहरुको ध्यान पनि बारपाकले तानेको छ ।” उनले भने,”संरचना नयाँ -नयाँ बन्दै र थपिदै गएको छ र पहिले यहाँका युवाहरु पहिले भर्तीतिर अग्रसर हुन्थे भने हाल हरेक क्षेत्र तर्फ लागेका छन् ।”

भूकम्पले सिकाएको पाठ — सचेत रहनु, सुरक्षित संरचना बनाउनु – बिस्तारै बिर्सिंदै गएको छ। भौतिक विकासले प्राथमिकता पाएको देखिन्छ, तर दीर्घकालीन सुरक्षामा ध्यान नदिँदा अर्को विपत्तिको ढोका सक्छ । विकास भनेको पुनर्निर्माण मात्र होइन। त्यो सुरक्षित, दिगो र सशक्त भविष्य निर्माण हो।

२०७२ को विनाशले हामीलाई धेरै कुरा सिकाएको थियो। तर आज, दस वर्षपछि, त्यही सिकाइलाई व्यवहारमा नल्याउँदा भोलिको सम्भावित विनाशको ढोका खोलिन सक्छ ।

प्रकाशित मिति २०८२ वैशाख १२ गते शुक्रबार ११:२७
हजुरको प्रतिक्रिया