२०८३ साउन २१ गते बिहीबार

काेराेना : शुक्रबार गण्डकीमा थप ६ जनाकाे ज्यान गयाे

काेराेना : शुक्रबार गण्डकीमा थप ६ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ११ गते शुक्रबार ०५:५४

पाेखरा । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा २ सय १३ जना नयाँ संक्रमित थपिएकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उल्लेख गरेकाे छ । त्यस्तै गण्डकी प्रदेशबाट...

पाेखरा । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा २ सय १३ जना नयाँ संक्रमित थपिएकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उल्लेख गरेकाे छ ।

त्यस्तै गण्डकी प्रदेशबाट थप कास्कीका २ जना, स्याङजाका १ जना र नवलपुरका ३ जनाको संक्रमणका कारण ज्यान गएको छ । यससँगै प्रदेशभर काेभिड १९ काे संक्रमणपछि ज्यान गुमाउनेकाे सँख्या ९२० पुगेकाे छ ।

सुरक्षित र सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

 

प्रकाशित मिति २०७८ असार ११ गते शुक्रबार ०५:५४
हजुरको प्रतिक्रिया