काठमाडाैं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति आजको सबैभन्दा बढी आवश्यकता भएको बताएका छन् ।
शनिवार लुम्बिनीमा चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले युद्धका बादलहरु मडारिरहेको उल्लेख गर्दै दुनियाँ कहीँ युद्धतिर त जाँदैन ? भन्ने डर रहेको बताए । त्यसका लागि पनि शान्तिको आवश्यक अपरिहार्य रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले युद्ध गर्नका लागि पर्याप्त सैन्य शक्ति, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध लड्न सकिने, हतियारहरुको निर्माण भएको उल्लेख गरे । खतरनाक हतियारहरुको निर्माण भएको भन्दै यो विश्व शान्तिका लागि एउटा चुनौति भएको प्रधानमन्त्री ओलीको भनाइ छ । यसलाई रोक्न आवश्यक रहेको बताउँदै युद्धबाट युद्धले शान्ति स्थापना गर्न नसक्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘शान्ति आजको बढी आवश्यकता हो । किनभने आज दुनियाँमा युद्धका बादलहरु मडारिरहेका छन् । दुनियाँ कहीँ युद्धतिर त जाँदैन ? युद्ध गर्नका लागि पर्याप्त सैन्य शक्ति, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध लड्न सकिने, हतियारहरुको निर्माण भएको छ । खतरनाक हतियारहरुको निर्माण भएको छ । यो विश्व शान्तिका लागि एउटा चुनौति हो । यसलाई रोक्ने कुरा आवश्यक छ । म भन्न चाहन्छु, हतियारले, युद्धबाट युद्धले शान्ति स्थापना गर्न सक्दैन । युद्धबाट युद्ध, युद्धमाथि युद्ध थोपरिएर, हिंसा माथि हिंसा थोपरिएर, अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिएर शान्तिको सम्भावना हुँदैन । यसकारण विश्वभरका सचेत र शान्तिप्रिय मानिसहरुको शान्तिका निम्तिको आकंक्षा महत्वपूर्ण छ ।’
प्रधानमन्त्री ओलीले युद्धमाथि युद्ध र हिंसा माथि हिंसा थपेर शान्ति प्राप्त नहुने बताए ।
प्रकाशित मिति २०८२ वैशाख १३ गते शनिबार ०३:०७




