२०८३ असोज २७ गते मंगलबार

मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्छः शरत सिंह भण्डारी

मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्छः शरत सिंह भण्डारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १५ गते सोमबार ०९:५३

जनकपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्ने बताएका छन् । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै...

जनकपुर ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्ने बताएका छन् ।

लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा आफूहरुले धेरै चोट सहनुपरेको बताएका छन् । उनले मधेसी राजनीतिक दलहरुको लक्ष्य सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने रहेको बताए । उनले मधेसी शक्तिहरुबीच विभाजनको खेल हुन नदिन आवश्यक रहेको बताउँदै मधेसवादी दलहरुको लक्ष्य एकीकृत हुने रहे पनि जनता समाजावादी पार्टी, नेपालमा सोही उद्देश्यले रहेको भएपनि राष्ट्रिय अध्यक्ष (उपेन्द्र यादव) को हेपाइका कारण छोड्नुपरेको बताए ।

उनले भने, ‘मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा हामीले धेरैचोटि सहनुपरेको छ । बारम्बार धोका खाएका छौँ । तर हामी सबैको लक्ष्य मधेसी शक्ति एक ठाउँमा उभिनुपर्छ भन्ने हो । हाम्रो बीचमा कुनै किसिमको विभाजनको खेल नहोस् । जनता समाजवादी पार्टी, नेपालमा त्यसै उद्देश्यले लागेको भएपनि पार्टीका केन्द्रिय अध्यक्षले चोट मात्रै दिँदा पार्टी गठन गर्नुपरेको हो । यो सहजै बिर्सिने चोट होइन । यो सबको पछाडि पनि हामी आज यहाँसम्म आइपुगेका छौँ ।’

वरिष्ठ नेता भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीमा आन्दोलनबाट आएका धेरै नेताहरु भएको र महाधिवेशनबाट उनीहरुलाई कामको जिम्मेवारी दिनुपर्ने अवस्था रहेको जिकिर गरे ।

प्रकाशित मिति २०८२ वैशाख १५ गते सोमबार ०९:५३
हजुरको प्रतिक्रिया