२०८३ साउन २१ गते बिहीबार

राष्ट्रपति पौडेलले वैशाख १९ गते संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने

राष्ट्रपति पौडेलले वैशाख १९ गते संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १६ गते मंगलबार ०९:२६

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् ।

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् ।

उनका अनुसार राष्ट्रपति पौडेलले अपराह्न ३ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् ।

यसका लागि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले मन्त्री, सचिव र केही आयोगका व्यक्तिहरूको विदेश भ्रमण समेत स्वीकृत गरेको छ ।

प्रकाशित मिति २०८२ वैशाख १६ गते मंगलबार ०९:२६
हजुरको प्रतिक्रिया