२०८३ असोज २३ गते शुक्रबार

कांग्रेसकाे उद्योग तथा व्यापार विभागको सदस्यमा पन्त मनाेनित

कांग्रेसकाे उद्योग तथा व्यापार विभागको सदस्यमा पन्त मनाेनित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार १२ गते शनिबार ०५:१३

पाेखरा । नेपाली काँग्रेस अन्तरगतको उद्योग तथा व्यापार विभागको सदस्यमा हरिराज पन्त मनोनित भएका छन् । नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (छ) बमोजिम पार्टीको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा पन्तकाे...

पाेखरा । नेपाली काँग्रेस अन्तरगतको उद्योग तथा व्यापार विभागको सदस्यमा हरिराज पन्त मनोनित भएका छन् । नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (छ) बमोजिम पार्टीको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा पन्तकाे मनोनयन भएकाे काँग्रेसले जनाएकाे छ ।

पन्तलाई कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले गएको चैतमा नै सो पदमा मनोनयन गरेका थिए । कोभिडको कारण पन्तले मनोनयनपत्र भने हालसालै बुझेका हुन् ।

पन्त पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा नेपाल वितरक महासंघका महासचिवसमेत हुन् । मनाेनयन पत्र बुझ्दै पन्तले निजी क्षेत्रमैत्री वातावरण निर्माणमा भूमिका खेल्ने प्रतिवद्दता जनाए ।

प्रकाशित मिति २०७८ असार १२ गते शनिबार ०५:१३
हजुरको प्रतिक्रिया