२०८३ साउन २१ गते बिहीबार

सरकार, दल र व्यवस्थाप्रति जनतालाई विश्वास दिलाउन आवश्यकः प्रमेख सचेतक पाण्डे

सरकार, दल र व्यवस्थाप्रति जनतालाई विश्वास दिलाउन आवश्यकः प्रमेख सचेतक पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३ गते शुक्रबार ०३:५६

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जनतालाई विश्वास दिलाउनु अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको...

काठमाडौ ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जनतालाई विश्वास दिलाउनु अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन् ।
सरकार, दल र व्यवस्थाप्रति जनतालाई विश्वास दिलाउन आवश्यक रहेको उनको भनाइ छ ।
उनले उपलब्ध स्रोत र साधनको उपयोग गरेर औद्योगिक विकास गर्न नसकेसम्म अगाडि बढ्न नसकिने समेत उल्लेख गरे ।
पाण्डेले अगामी आर्थिक वर्षको बजेटमा छिटो उत्पादन दिने र परिणाममुखी योजनाहरुलाई प्राथमिकतामा राख्न आग्रह समेत गरे ।
उनले सरकारले जेन–जी पुस्ताको कुरामा समावेश गर्नु स्वागतयोग्य रहेको उल्लेख गर्दै उनले भर्खर जन्मेका शिशुहरुको कुरामा समेत ख्याल गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।
उनले भने, ‘हामीसँग स्रोत साधनहरु उपयोग गर्ने गरेर जबसम्म उद्योग निर्माण गर्न सक्दैनौं तबसम्म्म हामीले जतिसुकै कुरा गरेपनि अगाडि जान नसक्ने भयौं । अहिलेको समस्या भनेको जनताको विश्वास वृद्धि कसरी गर्ने भन्ने हो । सरकारप्रति, दलप्रति, व्यवस्थाप्रति, जनतालाई विश्वास दिलाउन आवश्यक रहेको छ । विश्वमा छिटो छिटो भइरहेको विकासका लागि कार्यगत रुपमा हामीले छिटो उत्पादन दिने खालका विषयवस्तुहरुमा ख्याल गरौँ । जेन–जीको कुरा पनि आएको छ । त्यो ठिक छ तर भर्खर जन्मेको शिशुको बारेमा पनि हेर्नुप¥यो । त्यसकारण कार्यगत कुरा र नीतिगत कुरामा ख्याल गरेर अगाडि जानुपर्छ ।’
अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य बनाउन प्रमुख सचेतक पाण्डेको सुझाव छ ।

 

प्रकाशित मिति २०८२ जेठ ३ गते शुक्रबार ०३:५६
हजुरको प्रतिक्रिया