२०८३ साउन २१ गते बिहीबार

विस्थापित सिरियालीहरू अनिश्चितताको बीचमा घर फर्किए

विस्थापित सिरियालीहरू अनिश्चितताको बीचमा घर फर्किए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ६ गते सोमबार ०१:०६

सिरियाको इडलिब प्रान्तमा अवस्थित काह गाउँमा दर्जनौं सिरियाली परिवारहरू आफ्ना केही सामानहरू ट्रक र पिकअपहरूमा प्याक गर्न व्यस्त थिए । तिनीहरू दश वर्षभन्दा बढी समयदेखि आश्रयस्थल रहेको ली अजलिना विस्थापन शिविर छोडेर हामा प्रान्तको...

सिरियाको इडलिब प्रान्तमा अवस्थित काह गाउँमा दर्जनौं सिरियाली परिवारहरू आफ्ना केही सामानहरू ट्रक र पिकअपहरूमा प्याक गर्न व्यस्त थिए ।

तिनीहरू दश वर्षभन्दा बढी समयदेखि आश्रयस्थल रहेको ली अजलिना विस्थापन शिविर छोडेर हामा प्रान्तको आफ्नो गृहनगर ट्रेमसेह फर्कने तयारी गरिरहेका थिए । शुक्रवार १ सय परिवारहरू ठूलो काह शरणार्थी शिविरबाट निस्किए ।

जुन क्षेत्रको प्रमुख आन्तरिक विस्थापन शिविर थियो । पहिले ४ सय परिवारको घर भएको शिविरमा गत महिना दुई ठूला समूहहरू छोडेपछि अब लगभग ३० जना मात्र छन् ।

उनीहरूको फिर्ती मानवीय प्रयासहरूमार्फत सम्भव भएको थियो । जसले उनीहरूको मूल गाउँहरूमा निःशुल्क यातायात प्रदान ग¥यो । घर फर्कने खुशीको बावजुद परिवारहरूले धेरै कठिनाइहरूको सामना गरेका छन् ।

उनीहरूको गृहनगरमा ठूलो मात्रामा लडाईं शान्त भएको छ । तर व्यापक विनाश भएको छ । त्यहाँ कुनैपनि विद्यालय वा चिकित्सा क्लिनिकहरू कार्यरत छैनन् । सफा पानी र बिजुलीको पहुँच सिमित छ ।

पालहरुमा धेरै दुःख भोगेको र आफूहरुका लागि त्यो धेरै पीडा रहेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति २०८२ जेठ ६ गते सोमबार ०१:०६
हजुरको प्रतिक्रिया