२०८३ असोज २६ गते सोमबार

सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल

सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ६ गते सोमबार ०१:२४

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्वदेशमै सिमेन्टको खपत बढाउनुपर्नेमा जोड दिएका छन् । सोमवार ललितपुरमा आयोजित सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जोड दिएका हुन् । उनले...

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्वदेशमै सिमेन्टको खपत बढाउनुपर्नेमा जोड दिएका छन् ।

सोमवार ललितपुरमा आयोजित सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जोड दिएका हुन् ।

उनले नेपाल सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर भएको भन्दै अब स्वदेशमै खपत बढाउनुपर्नेमा जोड दिए ।

उनले कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गर्नुपर्ने बताए । उनले नेपाललाई कनेक्टीभिटीको हिसावले उदाहरणीय देश बनाउने गरी अघि बढिरहेको बबताए ।

उनले चीन र भारतको विकासबाट सिकेर नेपाल अघि बढ्न जरुरी रहेको जिकिर गरे ।

विकासको दृष्टिले नेपाल पनि कम नरहेको भन्दै पछिल्लो १५ वर्षमा धेरै काम गरेको दाबी गरे । सडक सम्बन्धी नीति निर्माणको काममा पनि सरकारले विशेष चासो दिएर काम गरिरहेको उल्लेख गरे ।

उनले समस्या पहिचान गरेरअघि बढ्दा काम गर्न सहज हुने बताए ।

मन्त्री दाहालले भने, ‘नेपाल सिमेन्टमा पूर्ण रुपले आत्मनिर्भर भयो भनेर अध्यक्षज्युुलाई सोधको थिएँ । पूर्ण रुपमा आत्मनिर्भर मात्रै होइन, सिमेन्ट बाहिर पठाउने, बाहिर बेच्ने अवस्थामा पनि पुगेको छ भन्नुभयो । सिमेन्टमा आत्मनिर्भर भइसकेका छौँ भने अब हामीले हाम्रै देशमा यसलाई कसरी लगाउने रु त्यसमा सोच्नुपर्छ । जसरी हामी विद्युत उत्पादन गरिरहेका छौँ र देशमै खपत गर्ने कुरा गरिरहेका छौँ । त्यसैगरी सिमेन्ट उत्पादन गरिरहेका छौँ, आत्मनिर्भर भएका छौँ । निर्यात गर्ने अवस्थामा पुगेका छौँ भने यहीँ खपत किन नगर्ने रु कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गरौँ । सडकहरुमा व्यापक रुपमा मजबुत सडक बनाऔँ । त्यो ढंगले गर्न सकिन्छ ।’

मन्त्री दाहालले अब कंक्रिट प्रविधिमा जानुपर्ने बताए ।

प्रकाशित मिति २०८२ जेठ ६ गते सोमबार ०१:२४
हजुरको प्रतिक्रिया