२०८३ कात्तिक १० गते सोमबार

ट्रम्पकाे धम्कीपछि ईयूले भन्याे : ‘अमेरिकासँग सम्मानमा आधारित व्यापार सम्झौता गर्न प्रतिबद्ध छाैँ’

ट्रम्पकाे धम्कीपछि ईयूले भन्याे : ‘अमेरिकासँग सम्मानमा आधारित व्यापार सम्झौता गर्न प्रतिबद्ध छाैँ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ११ गते शनिबार ०५:४२

यसअघि शुक्रवार अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली सङ्घ र अमेरिकाबीचको व्यापार वार्ताको सुस्त गतिका कारण जुन १ देखि कर बढाउने बताएका थिए ।

काठमाडौं ।

युरोपेली सङ्घ (ईयू) का व्यापार प्रमुखले अमेरिकासँग धम्कीमा नभई सम्मानमा आधारित व्यापार सम्झौता सुरक्षित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमा ५० प्रतिशत कर लगाउने धम्की दिएपछि ईयू व्यापार आयुक्त मारोस सेफकोभिकले २७ सदस्यीय समूह अमेरिकासँग पारस्परिक सम्मानमा आधारित व्यापार सम्झौतामा पुग्न प्रतिबद्ध रहेको बताएका हुन् ।

अमेरिकी व्यापार प्रतिनिधि जेमसन ग्रीर र वाणिज्य सचिव हावर्ड लुटनिकसँगको वार्तापछि उनले ईयू दुवै देशको फाइदाजनक सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको बीबीसीले जनाएको छ ।

यसअघि शुक्रवार अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली सङ्घ र अमेरिकाबीचको व्यापार वार्ताको सुस्त गतिका कारण जुन १ देखि कर बढाउने बताएका थिए ।

अमेरिकी सरकारको तथ्याङ्कानुसार ईयू अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारहरूमध्ये एक हो । गएको वर्ष युरोपेली सङ्घले ६०० अर्ब डलरको निर्यात र ३७० अर्ब डलरको आयात गरेको थियो ।

प्रकाशित मिति २०८२ जेठ ११ गते शनिबार ०५:४२

हजुरको प्रतिक्रिया