२०८३ असोज २६ गते सोमबार

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुद्वारा संसद अवरुद्ध

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुद्वारा संसद अवरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १४ गते मंगलबार १२:३९

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् । गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै उनीहरुले संसद अवरुद्ध पारेका हुन्...

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् ।

गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै उनीहरुले संसद अवरुद्ध पारेका हुन् ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने चेतावनी दिए ।

उनले गृहमन्त्रीले नै सरुवा गरेको कर्मचारी अध्यागमनको कार्यालय प्रमुख भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रसस्त गर्नुपर्ने जिकिर गरे ।

उनले भने, ‘स्वयं गृहमन्त्रीज्युले नै सरुवा गर्नुभएको व्यक्ति कार्यालय प्रमुख रहेका छन् । उहाँको सचिवालय यसमा जोडिएको छ । अख्तियारले अपरेशन सुरु गरेको छ । उसलाई सानो माछा भनेर दुई दिनमै छोडिरहेको छ । ठुलो माछा को हो रु अहिले नै हामी कसैलाई आरोपित गर्न चाहादैनौँ । यसका लागि गृहमन्त्रीज्यूले राजीनामा दिएर मार्ग प्रसस्त गरिदिनुस् भनेर हाम्रो विनम्र अनुरोध छ ।’

अख्तियारले भिजिट भिसामा सेटिङको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लियो र उनीहरूका डिभाइसहरू अनुसन्धानका लागि पठाएको छ ।

प्रकाशित मिति २०८२ जेठ १४ गते मंगलबार १२:३९
हजुरको प्रतिक्रिया