२०८३ असोज २६ गते सोमबार

युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १४ गते मंगलबार ०१:११

पोखरा । राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले भोटिङ गर्दै मतदान सुरु भएको हो । निर्वाचनका...

पोखरा ।

राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले भोटिङ गर्दै मतदान सुरु भएको हो ।

निर्वाचनका लागि ४२ इलेक्ट्रीक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरकफरक, आयोजक समिति र अन्तर जिल्ला विशेष गरी ९ बुथ राखिएको छ । निर्वाचनका लागि १ हजार ७६४ प्रतिनिधि छन् ।
निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् ।

पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् । महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । खुला सचिवमा अरुण बहादुर कुँवर, देव बस्नेत, ध्रुव खड्का, मदन भण्डारी, मिनाकुमारी राई र वकिल बहादुर बमले उम्मेदवारी दिएका छन् ।

यस्तै सचिव मधेशीतर्फ चितरन्जन यादव, मोबिन अख्तर आलम र विकाश झाले चुनावी मैदानमा छन् । सचिव महिलातर्फ उमा पाण्डे र निशा लिम्बु सुब्बाले निर्वाचन लडेका छन् । विभिन्न आयोगसहित १६३ सदस्यीय केन्द्रीय कमिटीमा ६४ जना निर्विरोध निर्वाचित भइसकेका छन् । ९३ पदका लागि अहिले मतदान भइराखेको छ । गत शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सहमति जुट्न नसक्दा निर्वाचन भएको हो ।

प्रकाशित मिति २०८२ जेठ १४ गते मंगलबार ०१:११
हजुरको प्रतिक्रिया