२०८३ असोज २५ गते आइतबार

‘विश्व खाद्य सुरक्षा दिवस २०८२’ को अवसरमा पोखरामा सप्ताहव्यापी कार्यक्रम हुँदै

‘विश्व खाद्य सुरक्षा दिवस २०८२’ को अवसरमा पोखरामा सप्ताहव्यापी कार्यक्रम हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १९ गते आइतबार ०८:२०

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१८ मा जुन ७ तारिखलाई ‘विश्व खाद्य सुरक्षा दिवस’ घोषणा गरेको थियो ।

पोखरा ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले ‘विश्व खाद्य सुरक्षा दिवस २०८२’ को अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।

कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको अवसरमा जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो । खाद्य सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको कार्यालयका सूचना अधिकारी विजन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत पहिलो दिन जेठ १८ गते ब्यानर टाँस्ने, प्रेस मिट र कार्यलय परिसरमा सरसफाई गरिएको छ । दोस्रो दिन खाद्य पदार्थमा रंगको प्रयोग, मसिले लेखिएको कागजहरुमा खाद्य पदार्थको सिधा सम्पर्क गर्न नहुने सम्बन्धी स्थानीय तहको सहकार्यमा जनचेनता अभिवृद्धि कार्यक्रम गरिनेछ ।

तेस्रो दिन २० गते लेकसाइडस्थित रेष्टुरेन्टहरुको अनुगमन र निरीक्षण, २१ गते वसपार्क वरपरका होटलको खाद्य बजारहरुको अनुगमन र निरीक्षण गर्ने तालिका छ । यस्तै २२ र २३ गते स्कुल तथा कलेजहरुमा खाद्य स्वच्छता तथा पोषणसम्बन्धि सचेतना र २४ गते खाद्य स्वच्छता दिवसको कार्यक्रम गरिने आयोजकले जनाएको छ । कार्यक्रमले सरोकारवाला निकाय, उपभोक्ता तथा व्यापारीहरूबीच समन्वय गरी खाद्य सुरक्षाप्रति चेतना फैलाउने विश्वास गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१८ मा जुन ७ तारिखलाई ‘विश्व खाद्य सुरक्षा दिवस’ घोषणा गरेको थियो ।

प्रकाशित मिति २०८२ जेठ १९ गते आइतबार ०८:२०
हजुरको प्रतिक्रिया