२०८३ साउन २१ गते बिहीबार

पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २३ गते बिहीबार ०९:५०

पाेखरा । पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहीबारदेखी बुक फ्रि डे कार्यक्रम शुभारम्भ गरेको छ । वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो...

पाेखरा ।
पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहीबारदेखी बुक फ्रि डे कार्यक्रम शुभारम्भ गरेको छ । वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो ।

बुक फ्रि डे को शुभारम्भ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिपमुलक तालिम दिईने उल्लेख गरे । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको उनले बताए  । विद्यार्थीलाई विज्ञान प्रविधि र इन्जिनियरिङ कला व्यवस्थापन, मोवाईल, ल्यापटप मर्मतदेखी प्लम्बिङ र हाउस वायरिङका शिप सिकाईने अध्यक्ष थापाले उल्लेख गरे।

कार्यक्रममा वडा सदस्य लक्ष्मी भट्टराई, सुजता बराल सुनार, रामज्योति मा.वि का प्रधानाध्यापक गुमनाथ लामिछाने, विद्यालय व्यवस्थपन समितिका अध्यक्ष कुल बहादुर थापा, भवानी कालिका मावि का प्रधानाध्यापक रमेश भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा, वडा नंं २६ का सूचना अधिकारी नवराज सापकोटा र सहयोगी संस्था आकारका इन्जिनियर सन्दिप पौडेल लगायतले बुक फ्रि डे का बारेमा बोलेका थिए ।

कार्यक्रमका लागि चालु आर्थिक बर्षमा पाँच लाख रुपैया विनियोजन गरिएको थियाे । तीन सामुदायिक विद्यालयका आठ, नौ र दश कक्षाका झण्डै दुई सय पचास विद्यार्थी कार्यक्रममा समावेश हुनेछन् ।

प्रकाशित मिति २०८२ जेठ २३ गते बिहीबार ०९:५०
हजुरको प्रतिक्रिया