२०८३ साउन २१ गते बिहीबार

नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टीपीएस समाप्त गर्ने अमेरिकाको घोषणा

नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टीपीएस समाप्त गर्ने अमेरिकाको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २४ गते शुक्रबार ०९:१९

मन्त्रालयले टीपीएस हैसियतमा अमेरिकामा बस्दै आएका नेपालीहरूको अरू हैसियतमा बस्ने वैधानिक आधार छैन भने अब स्वदेश फर्किने तयारी गर्न पनि भनेको छ ।
उनीहरूलाई नेपाल फर्कन दुई महिनाको समय दिइएको छ । यस हप्ता प्रकाशित एक संघीय राजपत्र सूचनामा नेपालका लागि टीपीएस आधिकारिक रूपमा सन् २०२५ अगस्ट ५ तारिखको मध्यरातबाट अन्त्य हुने छ ।

पोखरा ।

अमेरिकाको गृह सुरक्षा मन्त्रालयले नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) समाप्त गर्ने घोषणा गरेको छ ।

अमेरिकाको गृह सुरक्षा मन्त्रालयले सूचना निकालेर नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ ।

मन्त्रालयले टीपीएस हैसियतमा अमेरिकामा बस्दै आएका नेपालीहरूको अरू हैसियतमा बस्ने वैधानिक आधार छैन भने अब स्वदेश फर्किने तयारी गर्न पनि भनेको छ ।

यो निर्णयले हजारौँ नेपालीहरूलाई असर गर्ने बताइएको छ । उनीहरूलाई नेपाल फर्कन दुई महिनाको समय दिइएको छ ।

यस हप्ता प्रकाशित एक संघीय राजपत्र सूचनामा नेपालका लागि टीपीएस आधिकारिक रूपमा सन् २०२५ अगस्ट ५ तारिखको मध्यरातबाट अन्त्य हुने छ ।

चार वर्षअघि सन् २०२१ को अन्त्यसम्ममा १४ हजार पाँच सय ५६ नेपाली अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेका थिए ।

९ महिनाअघि सार्वजनिक भएको अर्को तथ्यांकमा भने विश्वका १६ देशबाट आठ लाख ६३ हजार रहेकामा नेपालका सात हजार आठ सय ७५ जना अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेको उल्लेख छ ।

सन् २०१५ मा राष्ट्रपति बाराक ओबामाको प्रशासनले नेपालीलाई टीपीएसको हैसियत प्रदान गरेको थियो ।

टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय प्रलय लगायतका असाधारण संकटमा रहेका देशका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो ।

यसअन्तर्गत नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका ती लाख ३७ हजार आप्रवासी अमेरिकामा बसोबास गरिरहेका छन् ।  अब उनीहरुले अमेरिकामा वैध रूपमा बस्ने अधिकार गुमाएका छन् ।

प्रकाशित मिति २०८२ जेठ २४ गते शुक्रबार ०९:१९
हजुरको प्रतिक्रिया