२०८३ असोज २६ गते सोमबार

भिजिट भिसा समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षबीच कुनै विमति छैनः सांसद बस्नेत

भिजिट भिसा समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षबीच कुनै विमति छैनः सांसद बस्नेत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २८ गते मंगलबार ०९:२८

उनले भिजिट भिसा प्रकरणकोबारेमा आज घनिभूत रूपमा छलफल गर्ने र बुधबारदेखि संसद खुलाउने गरी सत्तापक्ष र प्रतिपक्षीबिच छलफल भएको समेत जानकारी दिए ।
बुधबारदेखि संसदको गतिरोध अन्त्य हुने उनको विश्वास छ ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको समस्या समाधान गर्नेमा सत्ता र प्रतिपक्षी दलहरु एक ठाउँमा रहेको बताएका छन् ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बस्नेतले यस्तो बताएका हुन् ।

भिजिटि भिसाको विषयमा रहेका समस्याहरूको तत्कालीन र दीर्घकालीन समस्याको समाधान गर्ने कुरामा विमति नभए पनि कसले गर्ने भन्ने कुरामा सहमति नहुँदा संसदको गतिरोध अन्त्य हुन नसकेको उनले बताए ।

उनले भिजिट भिसा प्रकरणकोबारेमा आज घनिभूत रूपमा छलफल गर्ने र बुधबारदेखि संसद खुलाउने गरी सत्तापक्ष र प्रतिपक्षीबिच छलफल भएको समेत जानकारी दिए । बुधबारदेखि संसदको गतिरोध अन्त्य हुने उनको विश्वास छ ।

उनले भने, ‘भिजिट भिसा प्रकरणको समस्याबारे सबैमा एकरूपता नै देखिन्छ । यसको तत्कालीन र दीर्घकालीन समाधानको खोजी गनुपर्छ भन्ने कुरामा पनि कुनै समस्या र विमति रहेन । तर कसले गर्ने रु कसरी गर्ने रु भन्ने विषयमा छलफल गन बाँकी छ । भोलि हामी यो विषयमा सघन ढङ्गले छलफल गर्ने उद्देश्यले पर्सिलाई बैठक सारेका छौँ ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले गत जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति २०८२ जेठ २८ गते मंगलबार ०९:२८
हजुरको प्रतिक्रिया