२०८३ कात्तिक ११ गते मंगलबार

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३० गते बिहीबार ०३:०२

भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । २ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको...

भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।

२ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ ।

उडान भरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको र उद्धार टोली घटनास्थलमा पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यममा सार्वजनिक भिडियो अनुसार दुर्घटनास्थलमा धूवाँको मुस्लो देखिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति २०८२ जेठ ३० गते बिहीबार ०३:०२
हजुरको प्रतिक्रिया